यसपालिको आईपीएलमा सन्दीप बिकेनन्

यसपालिको आईपीएलमा सन्दीप बिकेनन्

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यस संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा अनसोल्ड रहे। आज भएको आईपीएलको मेगा अक्सनमा सन्दीपका लागि कुनै पनि टोलीले बोली नलगाएका हुन्।

लेग स्पिनर सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु राखिएको थियो। तर उनको लागि कुनै बोली लागेन। यसअघि पहिलो पटक २० लाख भारुमा सन्दीप अनुबन्धित भएका थिए। 

यो संस्करणका लागि नेपालबाट सन्दीपसहित १५ खेलाडीको नाम नेपाल क्रिकेट एसोसिएशनले पठाएको थियो। तर अक्सनमा भने सन्दीप मात्र प्रवेश गरेका थिए। 

यसअघिका तीन संस्करण दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपले अघिल्लो पटक एक खेल पनि खेल्न पाएका थिएनन्।

माघ २९, २०७८ शनिबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।