अरुण नदीमाथिको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक खसे

अरुण नदीमाथिको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक खसे

सङ्खुवासभाः जिल्लाको मकालु गाउँपालिका–५ र १ जोड्ने अरुण नदीमाथिको बेलिब्रिज भाँचिएको छ। पुल भाँचिदा नदी तर्दै गरेका तीन वटा ट्रक खसेका छन्।

आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक पुल भाँचिएपछि नदीमा खसेका हुन्। 

ट्रकमा सवार चालक र सहचालकहरू भने सकुशल नै रहेका छन्। बेलिब्रिज भाँचिएपछि हाल आवतजावत ठप्प भएको छ।

पुलको क्षमताभन्दा बढी वजनका सामग्री बोकेर एकै पटक तीन वटा ट्रक तरेको हुँदा पुल भाँचिएको बताइएको छ। 

माघ २९, २०७८ शनिबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।