देशको अर्थतन्त्रबारे पूर्वअर्थमन्त्रीहरूले गरे छलफल

काठमाडौंः बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आज आयोजना गरिएको पूर्वअर्थमन्त्रीहरूको बैठकमा अर्थतन्त्रमा देखिएको समस्याका बारे छलफल भएको छ।
पूर्वअर्थमन्त्रीहरूले देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका थिए। सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरूलाई स्वागत गरेका थिए।
बैठकमा विप्रेषण बढाउने, पूँजीगत खर्च वृद्धि गर्ने, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दीगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ।
बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले बताए।
माघ २९, २०७८ शनिबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।