द्वन्द्वको डर: जर्मनी र अष्ट्रेलियाद्वारा युक्रेन छोड्न आफ्ना नागरिकसँग आग्रह

एजेन्सीः जर्मनी र अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई मुलुक छोड्न आग्रह गरेका छन्। हाल रुसी र अमेरिकी सेना युक्रेननजिकै तैनाथ रहेको भन्दै यी दुई देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन्।
जर्मनीले शनिबार ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको हो।
यता अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन्।
“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भने।
माघ २९, २०७८ शनिबार १९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।