सर्लाहीमा करेन्ट लागेर २४ वर्षीय रामुको मृत्यु, जोगाउने जाने दीपक घाइते

सर्लाहीः जिल्लाको बागमती नगरपालिका-२ धरहरामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। यस्तै सोही घटनामा अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कुमार परियारको निर्माणाधीन पक्की घरुको छतमा ढलान गर्न रड मिलाउनेक्रममा सोही नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय रामु महतोको मृत्यु भएको हो। यस्तै उनलाई बचाउन जानेक्रममा दीपककुमार महतो घाइते भएका छन्।
करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरू दुवैलाई उपचारका लागि हरिवनस्थित जीवन अस्पतालमा लैजानेक्रममा रामुको बाटैमा मृत्यु भएको हो भने दीपकको हाल उपचार भइरहेको छ।
माघ २९, २०७८ शनिबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।