मृतक ह्वात्तै घटे, सङ्क्रमित पनि हजारभन्दा तल

मृतक ह्वात्तै घटे, सङ्क्रमित पनि हजारभन्दा तल

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ। हिजो १४ जनाको मृत्यु भएकोमा आज मृतकको सङ्ख्या ह्वात्तै घटेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा २४ घण्टाको अवधिमा आठ सय ३६ नयाँ सङ्क्रमित थपिएका छन्। कुल ६ हजार ६ सय ५४ जनामा नमुना परीक्षण गरिएकोमा त्यति सङ्क्रमित थपिएका हुन्।

यस्तै यही अवधिमा एक हजार आठ सय २६ जना सङ्क्रमणमुक्त पनि भएका छन्। निको हुने दर बढेर ९६.१ प्रतिशत पुगेको छ।

यस्तै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार एक सय दुई रहेको छ। तीमध्ये काठमाडौं जिल्लामा ६ हजार ४८ जना सक्रिय सङ्क्रमित हुन्। भक्तपुरमा एक हजार तीन सय ४९ र ललितपुरमा तीन हजार दुई सय ८० जना सक्रिय सङ्क्रमित रहेका छन्।

हाल क्वारेन्टिनमा एक सय १८ जना रहेका छन्। 

माघ २९, २०७८ शनिबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।