गण्डकीमा एक सय ९ संक्रमित थपिए, मृतक शून्य

गण्डकीमा एक सय ९ संक्रमित थपिए, मृतक शून्य

पोखराः गण्डकी प्रदेशमा थप एक सय नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय सात जनामा गरिएको नमुना परीक्षणमा एक सय नौ जनामा संक्रमण देखिएको हो।

संक्रमितमध्ये ५० महिला र ५९ पुरुष रहेका छन्। सबैभन्दा धेरै संक्रमित लमजुङमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार लमजुङमा ४६, कास्कीमा ३६, पर्वतमा ४,स्याङजामा २, नवलपरासीपूर्वमा २, बागलुङमा ४, तनहुँमा ४, म्याग्दीमा ५ र मुस्ताङमा २ जनामा संक्रमण देखिएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक लाख एक हजार चार सय ११ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा मृतकको सङ्ख्या भने शून्य रहेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९८ हजार पाँच सय पाँच पुगेको छ। प्रदेशमा अहिले होमआइसोलेसनमा एक हजार चार सय १६ जना रहेका छन्।

गण्डकीमा सक्रिय संक्रमितको संख्या एक हजार चार सय ५५ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

माघ २९, २०७८ शनिबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।