डेटिङ एप टिण्डरमा अब 'ब्लाइण्ड डेट' फिचर

काठमाडौंः विश्वभर अत्याधिक प्रयोगकर्ता रहेको डेटिङ एप टिण्डरमा नयाँ फिचर थपिएको छ। एपमा 'ब्लाइण्ड डेट' फिचर थप गरिएको हो।
आउनै लागेको भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै कम्पनीले यस्तो फिचर थप गरेको हो। यो फिचर कम्पनीले 'क्लासिक डेट एक्सपिरिएन्स' दिनका लागि ल्याएको हो। यो फिचरले मानिसहरू स्मार्टफोनको विकास हुनुअघि जस्तो प्रकारको डेट गर्थे त्यस्तै आनन्द प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।
टिण्डरले १८ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गर्दै यो फिचर ल्याएको हो। यसले 'पर्सोनालिटी फर्स्ट' विधिलाई आत्मसात गर्नेछ। अर्थात् यसअघि रहँदै आएको फोटोको आधारमा कुराकानी हुने विधिको साटो व्यक्तित्वको आधारमा कुराकानी अघि बढ्नेछ।
यसले 'अथेन्टिक पार्टनर' खोज्न मद्दत पुग्ने कम्पनीले जनाएको छ।
माघ २९, २०७८ शनिबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।