प्रचण्ड र नेपाल एमालेसँग नरम

प्रचण्ड र नेपाल एमालेसँग नरम

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेप्रति नरम देखिएका छन्। संसद् बैठक सार्ने एमालेको मागप्रति दुवै नेता सकारात्मक देखिएका हुन्।

फागुन १ र २ गते एमालेको प्रदेशस्तरीय भेला भएकाले फागुन २ को संसद् बैठक सार्न एमालेले आग्रह गर्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा दुवै नेताले एमालेको माग अनुसार संसद् बैठक सार्न आग्रह गरेका थिए। दुवैले फागुन ४ मा संसद् बैठक राख्न आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाले यसबारे केही धारणा राखेनन्। बैठकमा एमसिसीबारे छलफल भए पनि कुनै सहमतिमा भने पुगेनन्। देउवा संसद् बैठक राखेर एमसिसी अगाडि बढाउने पक्षमा छन् भने प्रचण्ड र नेपाल चुनावपछि सार्ने पक्षमा छन्।

माघ २६ गतेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँसेर फागुन २ गतेसम्मका लागि स्थगित गरेका थिए।  

माघ २९, २०७८ शनिबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।