चार देशीय श्रृङ्खला: यूएईसँग नेपाल २५ रनले पराजित

चार देशीय श्रृङ्खला: यूएईसँग नेपाल २५ रनले पराजित
तस्बिर: क्यान

काठमाडौंः जारी चार देशीय श्रृङ्खलामा नेपाल पराजित भएको छ। आज भएको दोश्रो खेलमा यूएईको सामना गरेको नेपालले २५ रनको हार बेहोरेको हो।

टस हारेर पहिला ब्याटिङ गर्न मैदान ओर्लिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ९२ रन बनायो। यूएईका लागि चिराग सुरीले सर्वाधिक ८४ रनको पारी खेले। रोहन मुस्ताफाले ४९ रन बनाए।

नेपालका लागि भने कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले समान १–१ विकेट लिए।

ब्याटिङतर्फ नेपालको प्रदर्शन सामान्य रह्यो। नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन मात्र जोड्यो। दिपेन्द्रसिंह ऐरीले ४१ रन, लोकेश बमले ३३ रन र आशिफ शेखले ३४ रन बनाए। ज्ञानेन्द्र मल्लले २२ रन जोडे। आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे। 

नेपालले अब तेस्रो खेलमा सोमबार आयरल्याण्डसँग खेल्नेछ।

माघ २९, २०७८ शनिबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।