रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले पोल्याण्डमा पठायो तीन हजार सैनिक

रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले पोल्याण्डमा पठायो तीन हजार सैनिक

एजेन्सीः अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सेना पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ।

ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा "कुनै पनि समय" आक्रमण गर्न सक्ने भन्दै सेना पठाएको हो। अमेरिकाले चीनमा जारी शीतकालीन ओलम्पिक्सको बीचमा पनि रुसले हवाई आक्रमण गर्नसक्ने संशय व्यक्त गरेको छ।

यता रुसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको बताउँदै आएको छ। अमेरिकाले पठाएको थप तीन हजार सेना यसअघि नै पुगेका एक हजार सात सय सेनासँग सम्मिलित हुनेछन्। 

यही बीच रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको बताएकी छिन्।

माघ २९, २०७८ शनिबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।