आइपिएलको अक्सन आज : छानिएलान् त सन्दीप !

काठमाडौँ : आज इन्डियन प्रिमियर लिग(आइपिएल) को १५ औँ संस्करणका लागि खेलाडिको मेगा अक्सन हुँदै छ। शनिवार र आइतबार दर्ता भएका खेलाडिको अक्सन हुनेछ जसमा नेपालका खेेलाडिमध्ये सन्दीप लामिछाने मात्र छन्।
अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका थिए तर अन्तिम सूचीमा सन्दीपको नाम मात्र छानियो। तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ।
एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश रहेका उनी १४ औँ सिजनमा आइपिएलका कुनै टिममा आबद्ध भएनन्।
आइपिएल सन् २००८ देखि सुरु भएको हो। २ दिन चल्ने अक्सनमा विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्।
आजबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १ सय ६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ।
१० टिमले बढीमा २५ जना र कम्तीमा १८ जना खेलाडी राख्न पाउनेछन्। यसका लागि उनीहरूले ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउनेछन्।
खेलाडीहरूको आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १ करोड ५० लाख र २ करोडसम्म राखेका छन्।
माघ २९, २०७८ शनिबार १०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।