टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएई बिहान पौने १२ बजे ओमानको अल अमरेट क्रिकेट मैदानमा आमने सामने हुनेछन्।
युएईविरुद्धको पछिल्लो तीन खेलमा नेपालले दुईमा जित निकालेको थियो। एक खेलमा भने नेपाल युएईसँग हार व्यहोरेको थियो। नेपालले सिरिजको अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ।
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो। नेपालले शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्।
माघ २९, २०७८ शनिबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।