झापाको चाउचाउ उद्योगमा लागेको आगो निभाउन १२ वटा दमकल

झापाको चाउचाउ उद्योगमा लागेको आगो निभाउन १२ वटा दमकल
फाइल तस्बिर

झापा : झापाको मेचीनगर नगरपालिका १३ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका डिएसपी बसन्त पाठकले बिहानदेखि लागेको निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको जानकारी दिए। 

आगो निभाउन सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय प्रयासरत छन्। भित्र भित्र आगो सल्किरहेकाले निभाउन अझै समय लाग्ने उनले बताए। 

आगलागीबाट उद्योगमा रहेका तयारी चाउचाउ, कच्चा पदार्थ जलेर नष्ट भए पनि आगो लागिरहेकाले क्षतिको विवरण आउन नसकेको उनले बताए। 

माघ २९, २०७८ शनिबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।