मौसम सामान्यतया सफा रहने

काठमाडौं : देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले देशभरको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने जनाएको हो।
विभागका अनुसार प्रदेश नं १, बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ।
यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान विभागले गरेको छ।
विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।
माघ २९, २०७८ शनिबार ०७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।