कोरोना सङ्क्रमण बढेकाले दक्षिण कोरियाले नेपाली श्रमिक नलैजाने

कोरोना सङ्क्रमण बढेकाले दक्षिण कोरियाले नेपाली श्रमिक नलैजाने

काठमाडौंः केही दिनदेखि दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढेकाले नेपालसहित विभिन्न देशबाट श्रमिक नलैजाने भएको छ।कोरिया सरकारले पुनः सङ्क्रमण दर बढेकाले श्रमिक लैजान रोक लगाएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका समेत स्थगन गरिएको त्यहाँको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै नेपाली दूतावासले जानकारी गराएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेर बसेकाहरूका लागि र १४ फेब्रुअरीमा उडान तय भई रोकिएका श्रमिकहरूका लागि अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताएका छन्।

सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने उनले बताए।

माघ २८, २०७८ शुक्रबार २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।