फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौंः मधेश प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
२७औं जनयुद्ध दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा जनाइएको छ। माओवादी जनयुद्ध सुरु भएको दिनको रूपमा जनयुद्ध दिवस मनाउने गरिएको छ।
माघ २८, २०७८ शुक्रबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।