क्रिप्टो कारोबार रोक्न राजश्व महाशाखा प्रमुख रहेको विशेष कार्यदल गठन

काठमाडौँ : अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार बढेसँगै सरकारले नियन्त्रणका लागि अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुखको नेतृत्वमा विशेष कार्यदल गठन गरेको छ।
अर्थ मन्त्रालयले राजश्व महाशाखा प्रमुख संयोजक हुने गरी नेपाल राष्ट्र बैङ्क, सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीबाट प्रतिनिधि हुने गरी छ जनाको कार्यदल बनाएको हो।
डिजिटल प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट बढेको भन्दै केही दिन यता राष्ट्र बैङ्कले विभिन्न सूचनाहरू निकालिरहेको छ भने अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोको कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएका छन्।
पछिल्लो समय क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो र अनलाइन गेमहरूबाट पुँजी पलायन भइरहेको निष्कर्ष निकाल्दै राजश्व अनुसन्धान विभाग समेत सक्रिय भएको थियो।
माघ २८, २०७८ शुक्रबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।