चार देशीय श्रृङ्खलामा नेपाल ६ विकेटले विजयी, दिपेन्द्रको अर्धशतक

काठमाडौंः चार देशीय श्रृङ्खलामा नेपाल विजयी भएको छ। आज ओमानविरुद्ध भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो।
ओमाले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो। नेपालले जितका लागि एक सय ३६ रनको लक्ष्य पाएकोमा १९ ओभर ३ बलमा जित हात पारेको हो।
नेपालको जितमा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले ७३ रनको महत्त्वपूर्ण पारी खेले। उनले अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा दुई चौकासहित १० रन बनाए। उनलाई ननस्ट्राइकर एण्डमा शरद भेषवाकरले साथ दिएका थिए।
अन्य ब्याट्सम्यानमा आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ र शरदले
यता बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले तीन विकेट हात पारे। सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले समान १-१ विकेट हात पारे।
ओमानका लागि भने मोहम्मद नदिमले ४३ तथा जिसन मक्सुदले ३१ रनबाहेक अरूले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालले अब श्रृङ्खलाअन्तर्गत दोसो खेल यूएईसँग शनिबार खेल्नेछ भने आयरल्याण्डसँग सोमबार खेल्नेछ।
माघ २८, २०७८ शुक्रबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।