पर्सिबाट सर्वोच्च अदालतले नियमित सेवा दिने

यसअघि माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अदालतले आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो।
सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ भएको थियो।
आइतबारदेखि भने सबै प्रकारका सेवा सञ्चालन हुनेछन्।
माघ २८, २०७८ शुक्रबार १८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।