गण्डकीमा थप ३३ महिला र ३७ पुरुषमा संक्रमण पुष्टि, एक जनाको मृत्यु

गण्डकीमा थप ३३ महिला र ३७ पुरुषमा संक्रमण पुष्टि, एक जनाको मृत्यु

संक्रमितमध्ये ३३ महिला र ३७ पुरुष रहेका छन्। प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्कीमा २५, लमजुङमा ९, पर्वतमा ४, स्याङजामा ११, नवलपरासीपूर्वमा २, बागलुङमा २,तनहुँमा ४, मनाङमा २ र म्याग्दीमा ७ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक लाख एक हजार तीन सय १० पुगेको छ। 

गण्डकीमा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको कोलासोथार गाउँपालिका–१ का ९१ वर्षीय पुरुष रहेका छन्। उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ५९ पुगेको छ। 

प्रदेशमा पछिल्लो २४ घण्टामा चार सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९८ हजार एक सय २३ पुगेको छ।

प्रदेशमा अहिले होमआइसोलेसनमा एक हजार ६ सय ८९ जना रहेका छन्। गण्डकीमा सक्रिय संक्रमितको संख्या एक हजार सात सय २८ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

माघ २८, २०७८ शुक्रबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।