सुनाकोठीबाट चोरी भएको मूर्ति खुमलटारमा भेटियो 

सुनाकोठीबाट चोरी भएको मूर्ति खुमलटारमा भेटियो 
फाइल तस्बिर

चोरी भएको मूर्ति खोजीमा सहयोग पुग्ने सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने बालकुमारी भवानी गुठीले घोषणा गरेको थियो। 

चोरी भएको मूर्ति भेटिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिए। ‘मूर्ति भेटिएको छ,सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्छौ,’महर्जनले भने,‘अहिले १० बजेपछि पत्रकार सम्मेलन गर्दैर्छौ।’ 

ललितपुर खुमलटारको शिव मन्दिरमा मूर्ति भेटिएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

माघ २८, २०७८ शुक्रबार ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।