दाङमा आगलागीमा मृत्यु हुने पाँचै जनाको नाम खुल्यो

बुटवल : दाङ तुलसीपुरको जुत्ता चप्पल गोदाममा आगोले जलेर मृत्यु भएका पाँच जनाको नाम खुलेको छ।
आगोले जलेर अन्दाजी १३ वर्षकी सजिता खातुन, १४ वर्षकी हसन बकस, १५ वर्षका मनिन बकस, ५ वर्षका आविददिन अलि र ४० वर्षका नजर दिन अलिको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
आगो नेपाली सेना, इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी, तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ।
माघ २८, २०७८ शुक्रबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।