प्रदेश १, बागमती गण्डकीमा पानी पर्ने सम्भावना 

प्रदेश १, बागमती गण्डकीमा पानी पर्ने सम्भावना 

काठमाडौं : देशको पहाडी भूभागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार तराइका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ। 

विभागले मौसम बुलेटिन निकालेर दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरेको छ। 

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने अनुमान विभागको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ। 

राति प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान विभागले गरेको छ।

माघ २८, २०७८ शुक्रबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।