भोलिबाट दूध प्रतिलिटर ८५ रुपैयाँ

काठमाडौंः दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। अब उपभोक्ताले एक लिटर दूधलाई ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ।
आज पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो।
दूधमा भोलिबाटै मूल्यवृद्धि हुने डीडीसीले जनाएको छ। डीडीसीको सञ्चालक समितिले काठमाडौं उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल, भैरहवामा प्रतिलिटर ८१ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम गरेको छ।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो।
माघ २७, २०७८ बिहीबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।