मामा बन्दै भान्जाको सुनको मुन्द्रा लुट्ने पक्राउ

मामा बन्दै भान्जाको सुनको मुन्द्रा लुट्ने पक्राउ

काठमाडौँ : बालबालिकासँग मामा बनेर कानको सुनको मुन्द्रा लुट्ने र लुटेको मुन्द्रा किन्ने २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले तीन वर्षको बालकको सुनको मुन्द्रा लुटेको आरोपमा एक जना र त्यही मुन्द्रा किनेको आरोपमा अर्कोलाई पक्राउ गरेको हो।

माघ १० गते बौद्धबाट पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको वर्ष ३ को नाबालक छोरालाई चकलेट दिएर आफूलाई मामा हुँ भनी फकाएर समता स्कुल पछाडि लगेर नारायण श्रेष्ठले सुन लुटेको आरोप छ।

उनले नाबालकले कानमा लगाएको ४ आना बराबरको सुनको मुन्द्रा लुटेर विक्री गरेका थिए। प्रहरीले लुटिएको सुनको मुन्द्री किनेको आरोपमा न्यु लक्की सुन चाँदी पसलका राजकुमार बराइलीलाई समेत पक्राउ गरेको छ। प्रहरीले लुटिएको भनिएको सुनको मुन्द्रा समेत फेला पारेको छ। प्रहरीले दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर हिरासतमा राखेको जानकारी दिएको छ।

माघ २७, २०७८ बिहीबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।