मृतक घटेनन्, थप एक हजार तीन सय ६९ मा सङ्क्रमण

मृतक घटेनन्, थप एक हजार तीन सय ६९ मा सङ्क्रमण

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा ११ हजार आठ सय ८० जनाको नमुना परीक्षण गर्दा त्यति सङ्क्रमित फेला परेका हुन्।

यस्तै यही अवधिमा नेपालमा दुई हजार दुई सय ३८ जना सङ्क्रमणमुक्त भएका छन्। योसहित नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार जना रहेका छन्।

पछिल्लो २४ घण्टामै मृतकको सङ्ख्या १२ पुगेको छ। हाल नेपालमा एक सय ३३ जना क्वारेन्टिनमा रहेका छन्।

हाल नेपालमा निको हुने दर पनि बढेर ९५.८ प्रतिशत पुगेको छ।

माघ २७, २०७८ बिहीबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।