गण्डकीमा थप एक सय ३८ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

गण्डकीमा थप एक सय ३८ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

पोखराः गण्डकी प्रदेशमा थप एक सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय सात जनामा गरिएको परीक्षणमा एक सय ३८ जनामा संक्रमण देखिएको हो।

संक्रमितमध्ये ५६ महिला र ८२ पुरुष रहेका छन्। प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको परीक्षणमा सबैभन्दा धेरै संक्रमित लमजुङमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए।

उनका अनुसार लमजुङमा ४६, कास्कीमा ३७, पर्वतमा १५, स्याङजामा २३, नवलपरासीपूर्वमा ३, बागलुङमा ४, तनहुँमा ३ र म्याग्दीमा ७ जनामा संक्रमण देखिएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक लाख एक हजार दुई सय ४० पुगेको छ। 

गण्डकीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङजाको कालिगण्डकी गाउँपालिका–५ का ६९ वर्षीय पुरुष र बागलुङको काठेखोला गाउँपालिका–२ का ७१ वर्षीय पुरुष रहेका छन्। 

उनीहरू दुवै जनाको पोखरास्थित पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ५८ पुगेको छ। 

प्रदेशमा पछिल्लो २४ घण्टामा चार सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९७ हजार ६ सय ८९ पुगेको छ।

प्रदेशमा अहिले होम आइसोलेसनमा दुई हजार ५४ जना रहेका छन्। गण्डकीमा सक्रिय संक्रमितको संख्या दुई हजार ९३ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

माघ २७, २०७८ बिहीबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।