राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, फागुनलाई प्रशिक्षणको महिना बनाउने

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने जनाएको छ। आज बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले आसन्न निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बैठकपछि एक विज्ञप्ति जारी गर्दै विभिन्न निर्णयहरू भएको जानकारी गराएका हुन्। श्रेष्ठका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापि घरदैलो कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ। यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने र पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने पनि पार्टीले निर्णय गरेको छ।
यस्तै आउँदो फागुन मसान्तभित्रै पार्टीले जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा उमेदवार छनौट गरिसक्ने पनि जनाएको छ।
माघ २७, २०७८ बिहीबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।