कांग्रेस बैठकमा एमसीसी: 'संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ'

काठमाडौंः नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा एमसीसीको बारेमा पनि छलफल भएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा एमसीसीलाई संसदमा लैजाने पार्टीको निष्कर्ष भएको बताएका छन्।
यस्तै उनले गठबन्धनका विषयमा भने बैठकमा कुनै छलफल नभएको प्रष्ट पारे। साथै सभामुखले एमसीसी सदनमा प्रवेश गराउन रोक्न नमिल्ने पनि महतले बताए।
उनले भने, 'गठबन्धनको विषयमा कुनै कुरा भएन। एमसीसी पारित गर्नुपर्छ। सभामुखको काम नै सरकारले पठाएका विधेयकहरू सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो के हो भन्ने अन्योल बढ्यो। त्यसैले यसलाई अन्योलमा राख्नुहुन्न, संसद्मा छलफल गराउनुपर्छ।'
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाकाे म्याद सकियकाे र रिक्त रहेकाेमा त्यसबारे के गर्ने भन्नेमा छलफल भएको पनि बताए।
माघ २७, २०७८ बिहीबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।