माओवादीमा पदाधिकारी चयन अनिश्चित

माओवादीमा पदाधिकारी चयन अनिश्चित

काठमाडौंः नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यही माघ २८-२९ मा बोलाइएको केन्द्रीय कमिटीको बैठक कोरोनाको कारण देखाउँदै स्थगित गरिएको हो।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताए। ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो।’

रुलिङ पार्टी भएकाले धेरै विवाद नगरौं भनेर निर्देशन भएकाले बैठक स्थगित गरिएको ढकालले बताए। 

माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो। पार्टीको ८औं राष्ट्रिय महाधिवेशनले अपुरो केन्द्रीय सदस्य चुनेको थियो।

पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा प्रचण्डलाई चुने पनि महासचिव लगायतका पदाधिकारी चयन हुन सकेको छैन।

माघ २७, २०७८ बिहीबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।