निर्वाचनमा सरकारले छुट्यायो १० अर्ब, माग ५० अर्ब

काठमाडौँ : आगामी निर्वाचनका लागि ५० अर्ब बजेट माग भएको अर्थमन्त्री जनार्दन शर्माले खुलाएका छन्। आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै मन्त्री शर्माका अनुसार निर्वाचनका लागि सरकारले अहिलेसम्म १० अर्ब रुपैयाँ मात्रै छुट्टाइएको खुलाए।
उनले माग अनुसार अन्य स्रोत कहाँबाट व्यवस्थापन गर्ने भनेर मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए। स्रोत व्यवस्थापनमा चुनौती रहेको भन्दै उनले स्थानीय तहको निर्वचनमा मात्र १२ अर्ब खर्च हुने देखिएको बताए। आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ।
बजेटको आकार घट्यो
सरकारले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार समेत घटाएको छ। बजेटको आकार घट्दा १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ। सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेर सरकारले बजेट संशोधन गरेको छ।
चालुतर्फ अब १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारको लक्ष्य रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गर्ने लक्ष्य राखेको छ। यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड लक्ष्य थियो।
सरकारले प्रतिस्थापन विधेयकमार्फत यो वर्ष १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।
माघ २७, २०७८ बिहीबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।