चोरी भएका १७ वटा मोटरसाइकल र ११ स्कुटर महाशाखाले बुझायो सम्बन्धित धनीलाई

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २८ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई बुझाएको छ। आज महाशाखामा आयोजित एक कार्यक्रममा १७ वटा मोटरसाइकल र ११ स्कुटर सम्बन्धित धनीलाई बुझाइएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी भइरहेको र विशेष अपरेशन टोली खटाएर खोजी कार्य गरिएको बताएका छन्। महाशाखाको तथ्याङ्कअनुसार अत्याधिक चोरी हुने मोटरसाइकलमा पल्सर रहेको छ। यस्तै स्कुटरहरू समेत पछिल्लो समय चोरी हुने गरेको छ।
यो आर्थिक वर्षमा आठ सय ३१ वटा मोटरसाइकल हराएको भन्दै निवेदन दिइएकोमा तीन सय नौ वटा फेला पारिएको महाशाखाले जनाएको छ। यस्तै विभिन्न स्थानबाट ३८ जना मोटरसाइकल चोरीमा संलग्नहरू पक्राउ गरी कारबाहीका लागि पठाइएको छ।
माघ २७, २०७८ बिहीबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।