रेसलर ग्रेट खली अब मोदीको दल भाजपाबाट राजनीतिमा

एजेन्सीः 'डब्ल्यू डब्ल्यू ई' का चर्चित रेसलर ग्रेट खली राजनीतिमा प्रवेश गरेका छन्। उनले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई चुनेका छन्।
आज भाजपाको केन्द्रीय कार्यालयमा गएर ग्रेट खली अर्थात् दलिप सिंह राणाले पार्टी सदस्यता लिएका हुन्। ४९ वर्षीय खली सन् २०२१ मा डब्ल्यू डब्ल्यू ईको हल अफ फेममा समेत परिसकेका रेसलर हुन्।
सात फिट एक इन्च अग्ला खली सन् २००६ मा रेसलिङको दुनियाँमा प्रवेश गरेका थिए। उनले सन् २००७ मै वर्ल्ड हेभिवेट च्याम्पियनशीप जितेका थिए।
उनले केही हलिउड चलचित्रमा पनि काम गरिसकेका छन्।
माघ २७, २०७८ बिहीबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।