कांग्रेसले प्रहरी लगाएर रोक्यो पत्रकारलाई 

कांग्रेसले प्रहरी लगाएर रोक्यो पत्रकारलाई 

काठमाडौं : नेपाली कांग्रेसले सूचना विभागको प्रेस पास बाहक पत्रकारलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएको छ।

सरकारको नेतृत्व गरेको कांग्रेसको पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको समाचार सङ्कलन गर्न गएका पत्रकारलाई सुरक्षाकर्मीले गेट बाहिरै रोकेका छन्। 

म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाको विषयमा छलफल गर्न बैठक बसेको हो। बैठक बसेको पार्टी कार्यालयमा नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ताले धर्ना र प्रदर्शन गरेका छन्। 

धर्ना र प्रदर्शन भएपछि सुरक्षाकर्मीले माथिको आदेश भन्दै समाचार सङ्कलन गर्न पत्रकारलाई रोक लगाएका छन्। सम्भावित प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको आगमनमा हुनसक्ने अवरोधलाई ख्याल गर्दै सानेपाको सुरक्षा व्यवस्था कडा पारिएको एक सुरक्षाअधिकारीले बताए। 

माघ २७, २०७८ बिहीबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।