फागुन १ देखि त्रिविको कक्षा र परीक्षा भौतिक उपस्थितिमै

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
सबै क्याम्पस,विभाग, स्कुलहरूलाई स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहने गरी परीक्षा सञ्चालन गर्ने त्रिवि कार्यकारी परिषद् बैठकले निर्णय गरेको हो।
त्रिवि रजिस्टार कार्यालयले सम्भव भएसम्म भौतिक उपस्थितिमै स्थगित परीक्षा एवं कक्षा सञ्चालनको व्यवस्था गर्न परिषद् बैठकको निर्णय अनुसार सूचना निकालेको जनाएको छ। कार्यालयमा सामाजिक र भौतिक दुरी कायम गरी दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्न पनि त्रिविले भनेको छ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले माघ ९ माघदेखि विभिन्न तहका परीक्षा स्थगित गरेको थियो।
माघ २७, २०७८ बिहीबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।