सुर्खेतको फेन्सी पसल लागू औषध कारोबार, तीन जना पक्राउ

सुर्खेत : प्रहरीले सुर्खेतको फेन्सी पसलमा लागू औषधको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा चोक स्थित लीलाराम पुरीको फेन्सी पसलमा लागू औषध कारोबार गर्ने तीन जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –११ बस्ने ४६ वर्षीय लीलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरव सुनार छन्।
लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्रामसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
माघ २७, २०७८ बिहीबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।