फागुन १ गतेदेखि कैलालीमा विद्यालय खुल्ने

धनगढी : कैलालीका बन्द विद्यालयमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने भएको छ।
कक्षा लिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
खोप नलगाएका १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने अन्य विधिमार्फत अध्यापन गराउनु पर्ने जोशीले बताए।
माघ २७, २०७८ बिहीबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।