सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं : सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ। बिहीबार सुन बुधबारको भन्दा पाँच सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको भाउ भने घटबढ भएको छैन। चाँदी तोलाको १२ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
माघ २७, २०७८ बिहीबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।