म्याद सकिएका भातृ संस्थाबारे छलफल गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार मुख्य सचिव कृष्ण पौडेलले अनुरोध गरेका छन्।
बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका सम्बन्धमा छलफल हुने पौडेलले जानकारी दिए। उनले अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताए।
बैठकमा सरकारले वैशाख ३० मा गर्ने घोषणा गरेको स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ।
माघ २७, २०७८ बिहीबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।