प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा हुने सम्भावना

काठमाडौं : देशका अधिकांश ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले मौसम बुलेटिन निकालेर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको आंशिक देखि सामान्य बदली रहेको जनाएको छ।
विभागका अनुसार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान विभागले गरेको छ।
माघ २७, २०७८ बिहीबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।