याक एन्ड यती होटलको क्यासिनो खारेज भयो

सरकारले २०४८ पुस मा होटलको नाममा क्यासिनो सञ्चालनका लागि इजाजत पत्र दिएको थियो। आर्थिक वर्ष २०७६/७७ सम्मको बाँकी बक्यौता र आर्थिक वर्ष २०७७/७८ को इजाजत पत्र नवीकरण दस्तुरसँगै आव २०७८/७९ को रोयल्टी दस्तुर समेत गरेर क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार बुझाउनुपर्ने थियो।
चालु आर्थिक वर्ष ०७८ कात्तिक ७ मा बक्यौता दाखिला गर्न पैँतीस (३५) दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकेर पत्राचार भए पनि रोयल्टी बुझाएको थिएन होटलले।
२०७८ माघ १९ गते मन्त्रालयले गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गरेको थियो।
माघ २६, २०७८ बुधबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।