शुक्रवारदेखि पशुपति मन्दिर खुल्ने

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ।
माघ २६, २०७८ बुधबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।