पोखरामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

पोखरा प्रस्याङका २६ वर्षीय मोटरसाइकल चालक दीपक नेपालीको उपचारका क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
ग १ ज ५०५६ नम्बरको जिपले ग ६ प ८८०२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएको थियो।
मोटरसाइकलको पछाडि चढेका गुल्मीका २२ वर्षीय सुनिल नेपालीको फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए।
उनका अनुसार ठक्कर दिने जिपका चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा छन्।
माघ २६, २०७८ बुधबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।