हेटौडा सिमेन्टमा महाप्रबन्धक नियुक्ति : कार्य योजनामा नाम लेख्न नपाइने 

हेटौडा सिमेन्टमा महाप्रबन्धक नियुक्ति : कार्य योजनामा नाम लेख्न नपाइने 

महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले २१ दिन भित्र दरखास्त दिन बुधबार सूचना निकालेको हो। 

सिमेन्ट उद्योग सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यवसायीक कार्य योजना दरखास्तका साथ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नुपर्नेछ। कार्य योजनाको अग्रपृष्ठमा बाहेक अन्य पृष्ठमा आफ्नो नाम, हस्ताक्षर वा अन्य कुनै सङ्केत राख्न नपाइने समितिले निकालेको सूचनामा लेखिएको छ। 

दरखास्त स्वीकृत भई छनौट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यवसायीक कार्य योजना प्रस्तुति तथा अन्तर्वार्ताको लागि ठाउँ, मिति र समय तोकिएको छैन।

मासिक पारिश्रमिक बाहेक पाउने भत्ता नगदमा उपलब्ध गराइने सूचनामा लेखिएको छ। 

सरकारी निकाय वा संस्थानमा सेवारत आवेदकले कार्यरत निकायबाट स्वीकृति प्रदान गरिएको सक्कलै पत्र पेस गर्नुपर्नेछ। आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेको पाइएमा जुनसुकै बखत आवेदन रद्द हुने समितिले जनाएको छ।

माघ २६, २०७८ बुधबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।