सम्पादक समाजले दिने पुरस्कार पत्रकार बानियाँ र नेपालले पाउने  

सम्पादक समाजले दिने पुरस्कार पत्रकार बानियाँ र नेपालले पाउने  

समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि २५ हजार एक र १५ हजार एक रुपैयाँ रहेको समाजले जनाएको छ। 

यस्तै यस वर्षका लागि सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के. सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गर्ने महासचिव श्याम डोटेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। 

०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष माघको पहिलो हप्ता प्रदान गरिँदै आएकोमा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रम स्थगन गरिएको महासचिव डोटेलले बताए। 

यस वर्षको कार्यक्रम शिवपुरी–७ सूर्यचौर नुवाकोटमा निर्माणाधीन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभा कक्षमा आयोजना हुने सम्पादक समाजले जनाएको छ।

माघ २६, २०७८ बुधबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।