देशभर मौसम बदली, पानी पर्ने सम्भावना

विभागले मौसम बुलेटिन निकालेर सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै बाग्मती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा पनि हल्का वर्षा हुने अनुमान विभागले गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।
अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत बाँकी पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रहेको विभागले जनाएको छ। विभागका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
माघ २६, २०७८ बुधबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।