सत्यमोहन जोशीलाई निमोनिया देखियो, अवस्था सुधारोन्मुख

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ। उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए।
उनले भने, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ।” हाल जोशीको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए।
जोशीलाई आज राति निमोनियाको औषधि दिएर अस्पतालमै राखिनेछ।
माघ २५, २०७८ मंगलबार २१:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।