ओली र कोइरालाबीचको भेटमा एमसीसीको विषयमा छलफल

ओली र कोइरालाबीचको भेटमा एमसीसीको विषयमा छलफल

भेटका क्रममा संसद्को गतिरोध अन्त्य गर्ने, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

ओली प्रधानमन्त्रीबाट हटेपछि दुई नेताबीच आज पहिलो पटक भेट भएको हो। कोइराला साँझ ६ः३० बजे बालकोट पुगेका थिए।

भेटमा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए।

माघ २५, २०७८ मंगलबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।