एनेकपाले अध्यक्ष किराँतीलाई नै गद्दार घोषणा गर्दै पार्टीबाट निकाल्यो

काठमाडौंः एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)ले पार्टीका अध्यक्ष गोपाल किराँतीलाई नै गद्दार घोषणा गर्दै पार्टीबाट निष्कासन गरेको छ। माघ १४ गतेदेखि १८ गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले किराँतीलाई गद्दार घोषणा गर्दै निष्कासित गरेको एनेकपाले जानकारी दिएको छ।
किराँतीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्दारी गरेको निष्कर्ष निकाल्दै उनलाई पार्टीको विधानबमोजिम साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो।
त्यस्तै पार्टीको आठौं विस्तारित पूर्ण बैठकले पार्टीको अध्यक्षमा आलोक रायमाझीलाई सर्वसम्मतिले निर्वाचित गरेको पनि जानकारी दिइएको छ। बैठकले २७ सदस्यीय केन्द्रीय कमिटी पनि निर्माण गरेको छ। यस्तै विभिन्न जनवर्गीय संगठनहरूमा पनि पदाधिकारी तोकिएको छ।
माघ २५, २०७८ मंगलबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।